01:41 AM
Tue, 21 May 2013

          The  News Portal of Gorkhaland  


Hits: 479
User Rating: / 3
PoorBest 

पिण्टेल भिलेज र बाघपुलदेखि तल झरेर आन्दोलन गरून्ःविमलकालेबुङ,

डम्बरचोक र चन्द्रमानधुरामा जनसभा गरेर गोर्खाल्याण्ड नहुने बताउँदै आन्दोलनात्मक कार्यक्रम बाघपुल र पिण्टेल भिलेजमुनि गरेर देखाउने चुनौति गोजमुमो प्रमुख विमल गुरूङले दिएका छन्। पहाड़मा हाल जीटीए चुनाउको तयारी चलिरहेको छ। गोजमुमोले हाल हाई पावर कमिटीद्वारा हुने तराई डुवर्सको सर्वेक्षण रिपोर्टमाथि नजर राखेर बसेको छ। सम्भावित जुलाई महीनामा जीटीए चुनाउ हुने विषयलाई केन्द्र गर्दै 45 वटा समष्टिको सिमाङ्कन पनि गरिसकेको छ। यस्तो स्थितिमा हिजो क्रामाकपाले गोर्खाल्याण्डको दावी गर्दै कालेबुङको डम्बरचोकमा जनसभा गरेको थियो। सोही सभालाई लक्ष्य गर्दै मोर्चा प्रमुख विमल गुरूङले एउटा टेलिभिजन च्यानलसंगको साक्षात्कारमा भने-डम्बरचोक र चन्द्रमानधुराबाट भाषण गर्दा गोर्खाल्याण्ड हुने कुरा होइन। मुद्दालाई सड़कदेखि संसदसम्म पुऱ्याउने केवल मोर्चा हो। हामी भाषणमा होइन,कर्ममा विश्वास राख्छौं। आन्दोलन गर्दा हामीले धेरै गुमाएका छौं। यदि आन्दोलन नै गर्ने हो भने बाघपुल र पिण्टेल भिलेजमुनि गएर कार्यक्रम गरेर देखाउन्।

यसो भनेर उनले डुवर्स केन्द्रित कार्यक्रमको इशारा गरिरहेका थिए। जनतालाई गलत मार्गनिर्देशन गराउनु नहुने जनाउँदै उनले भने-86को आन्दोलनको क्रममा यही नेताहरूको कारण धेरैको ज्यान गएको थियो। 12 सय गोर्खाहरूलाई शहीद बनाउनुमा उनीहरूको पनि हात रहेको आरोप उनले लगाए। आज पनि शहीदहरूको सालिग यहॉं बनाइएको छ। माकपाकै मान्छेको पनि सालिग बनाइएको छ। जसमा विच्छिन्नवादी आन्दोलनमा शहीद बनेको भनेर घोषणा गरिएको छ। जसले गोर्खाल्याण्डको आन्दोलनलाई विच्छिन्नवादी आन्दोलनको संज्ञा दिए,उनैले आज गोर्खाल्याण्ड माग्दा कसरी विश्वास गर्नु ? उनले प्रश्न गरे। पूर्व सांसद आरबी राईको गाउँको अवस्था दयनीय रहेको देखेपछि नै उक्त क्षेत्रमा रहेका आममानिसहरूको सुविधाको निम्ति विकासको कार्य गर्न आफू स्वयं पनि लागिपरेको बताउँदै अघि भने-यहॉंको अवस्था दयनीय रहेको छ। माकपाले राज गरेको यही क्षेत्रबाट सांसद बनेर जानेहरू पनि छन्। तर जनताको निम्ति केही गरिदिएका छैनन्। नेताको घर बिल्डिङ छ।

तर जनता झोपड़ीमा बसिरहेका छन्। जनतालाई बलजफ्ती दबाएर राजनीति गर्ने कुटनीति यहॉं चलिरहेको छ। कसैले बोले समाज बहिष्कार गरिन्छ। आममानिसको निम्ति सन्त्रासको माहोल बनाइएको छ। विकासको कामको निम्ति सर्वेक्षण गर्नेहरू आउँदा रोक्ने कार्य हुन्छ। मोर्चाले कुनै ठाउँ छुट्याएर कार्य नगर्ने बताउँदै जनताको स्थिति देखेर नै आफू उक्त क्षेत्रमा हप्ता दिनदेखि रहॅंदै आएको बताए। घटनास्थलमा पुगेका गोजमुमो केन्द्रिय सहसचिव विनय तामाङले पनि आरबी राईको वासस्थानको यो स्थिति हुनु लाजमर्दो विषय रहेको बताए। भाषण गर्दै हिँड़नको सट्टा जनताको हितमा कार्य गरे असल हुने सुझाउ उनले दिए। सो अवधि गोजमुमो स्टडी फोरमका सदस्य डा. आरबी भूजेल पनि उपस्थित थिए।

Courtesy: http://rongotimes.com/

You have no privilege to add comments. Registered users are only allowed to comment, please register, it is FREE and EASY. We are discouraging the pseudonym names, therefore, kindly give your proper name and valid email ID. Please remember your user name and password. We'll notify you via your email. Thank You

Sponsored Ads

Banner Ads

  • A book on Environment and Development of the Himalaya
  • Kalimpong Express News
  • Click here to DOWNLOAD GTA accord
  • CLASSIC GUEST HOUSE
  • HIMALI BOARDING SCHOOL
  • AMIGOS TOURS & TREKS
  • BIG BAZAAR, RINK MALL
  • Download free book by D S Bomjan