07:32 PM
Wed, 19 Jun 2013

          The  News Portal of Gorkhaland  


Hits: 315
User Rating: / 1
PoorBest 

तीन कटहरे घटनाकाण्ड 12 वर्ष पछि पुन: चर्चामा

मोठ दुईजना आरोपिहरु बिरुद्ध पक्राऊ वारण्ट जारी

डी के वाइबा:कालिमन्युज, कालेबुङ 10 मई: तीन कटहरे घटनाकाण्डका आरोपि काजीमान बिश्वकर्म बिरुद्ध आज यहाँको अदालतले पक्राऊ वारण्ट जारी गरेको छ। अघिल्लो सुनवाईहरुमा अगातर रुपले अदालतमा हाजिर नबनेको कारण तिनी बिरुद्ध पक्राऊ वारण्ट जारी भएको छ। यस भन्दा अघि अदालतमा लगातार रुपले सुनवाईको अवधी हाजिर नहुँदा अदालतले आकस गुरुङ बिरुद्ध पक्राऊ वारण्ट जारी गरेको थियो भने आज थप एकजना बिरुद्ध वारण्ट जारी भएको करण मोठ दुईजना बिरुद्ध वारण्ट जारी भएको छ। आज कालेबुङ न्यायलयमा उक्त मुद्दाको सुनवाई भएको थियो भने उक्त सुनवाईमा सबै आरोपिहरु हजिर नहुँदा अदालतले पुन: आगमी 24 मईको दिन आरोपिहरुलाई अदालतमा हाजिर हुने निर्देश दिएको छ। यस अवधी गणेश तामङ अनि अमर लामाको अनुपस्थितिको निम्ति तिनका अधिवक्ताले न्यालयमा पिटिशन जारी गरे भने अन्य आरोपिहरु भने अदालतमा हाजिर दिन उपस्थित बनेका थिए।

यस काण्डमा प्रमुखरुपले चर्चित रहेका छत्र सुब्बा पनि न्यायलयमा उपस्थित थिए भने एनटी मोक्तान, नोर्देन लामा तथा अन्यको पनि उपस्थिति थियो। आज भन्दा बाह्र बर्ष अघिको उक्त मुद्दा पुन बल्झिएको कारण कतै राजनैतिक दाऊपेच त छैन भन्ने प्रश्न अहिले घरी चर्चामा रहेको छ। 11 नोभेम्बर 2000 सालको तीनकटहरे काण्डको मुद्दा लाई लिएर केही महिना अघिदेखि मात्र सुनवाईको प्रक्रिया शुरु भएको छ। तर यसको टुङ्गो कहिले लाग्ने हो कुनै निश्चित छैन। किन भने अभियुक्तहरूको अनुपस्थिति निरन्तर जारी रहेको कारण मुद्दाको छिना फाना बारे कुनै संकेत रहेको छैन। मुद्दाको निम्ति चाजर्र्सिटमा नाम भएकाहरू 12 वर्षपछि 30 मार्चदेखि लगातार कालेबुङ न्यायलयमा उभिरहेका छन्‌। 14 जना अभियुक्तहरूमध्ये प्रमुखमा छन्‌, जीएलओ प्रमुख छत्र सुब्बा, मोर्चाका पूर्व नेता अमर लामा, मोर्चा नेता नोर्देन लामा, छत्र सुब्बासित नै जीएलओमा खटेका बिजय छेत्री अनि एनटी मोक्तान। मोठ 14 जनाको नाममा चार्जसिट थियो, तर शुरुदेखि नै आकाश गुरूङ अनुपस्थित रहेकोले उनीहरूको मुद्दा एडिसनल चिफ जुडिसियल मेजिस्ट्रेडदेखि अघि बढिरहेको छैन। 14 जना नै उपस्थित हुने हो भने उनीहरूको मुद्दा एडिसनल चिफ जुडिसियल मेजिस्ट्रेडदेखि कोर्ट अब्‌ एडिसनल डिस्ट्रिक एण्ड सेसन जर्जकहॉं पुग्नेछ। 13 जना अभियुक्त उपस्थित रहे पनि आकाश गुरूङ र काजीमान विश्वकर्म लगातार अनुपस्थित रहेकोले एडिसनल चिफ जुडिसियल मेजिस्ट्रेडका न्यायधीश राणा दामले सुवाइको अघिल्लो मिति 24 मईको दिन निर्धारण गरेका छन्‌।

जलढका थाना अन्तर्गत पर्ने तीन कटहरे 28 नम्बर समष्टीमा पर्ने घनघोर जङ्गलबीचको एक ग्रामीण क्षेत्र हो। यहॉं 2000 मा छत्र सुब्बाले जीएलओको क्याम्प राखेको आरोप छ भने उक्त क्षेत्रमा तिनले जंगीहरुलाई सशत्र तालिम दिईरहेको गम्भिर आरोप लागेको छ। उक्त जंगलमा जंगीहरुले तालिम गरिरहेको सुईको पाएर पुलिसले धावा बिल्दा एकजना जंगी अनि एकजना होमगार्डको मृत्यु भएको थियो। घटनाको आरोप सोझै छत्र सुब्बा माथि लागे पनि यसबारे अझ सम्म पुष्टि हुन सकेको छैन। सुबास घिसिङले दागोपाप ग्रहण गरेपछि छत्र सुब्बाले त्यसको विरोध गरिरहेका थिए भने त्यसबेला राजनैतिक क्रियाकलाप पनि तीब्र थियो। कालेबुङका गोरामुमो नेता सीके प्रधान र दार्जीलिङका प्रकाश थिङको हत्यापछि सुबास घिसिङले प्रधानमन्त्री मनमोहन सिंहलाई पत्र पठाउँदै उत्तरबङ्गालमा अन्तराष्ट्रिय जाजुस(आइएसआई) सक्रिय रहेकोले दागोपापका पार्षद लगायत भीआईपीहरू सुरक्षित नरहेको बताइएको थियो। यता छत्र सुब्बाले घिसिङको विरोधमा मोर्चा गठन गरेपछि गोरामुमोको तारोमा छत्र सुब्बा रेहका थिए। तर उस्तो चर्चामा नरहेका छत्र सुब्बा तीन कटहरे काण्डपछि नै एकाएक चर्चामा आएका थिए। सुवास घिसिङले दागोपापमा सम्झौतामा गरे पछि दागोपापको लिखित बिरोध गर्ने छत्र सुब्बा तीन कटहरे घट्नाकाण्ड पछि एकाएक भुमिगत समेत बनेका थिए। तिनी एका एक भुमिगत बनेपछि उक्त घट्नाकाण्ड छत्र सुबाले नै गरेका हुन भन्ने आरोप लागेको छ तर, यसबारे कुनै आधीकारिक पुष्टि हुन सकेको छैन। धेरै लामो समय सम्म चर्चामा नआएको उक्त तीन कटहरे काण्ड पुन: 12 वर्ष पछि चर्चामा आउँनुले राजनैतिक चलखेल रहेको जानिफकारहरु बताउँछन।

Courtesy: http://kalimpongonlinenews.blogspot.in/

You have no privilege to add comments. Registered users are only allowed to comment, please register, it is FREE and EASY. We are discouraging the pseudonym names, therefore, kindly give your proper name and valid email ID. Please remember your user name and password. We'll notify you via your email. Thank You

Sponsored Ads

Banner Ads

  • A book on Environment and Development of the Himalaya
  • Kalimpong Express News
  • Click here to DOWNLOAD GTA accord
  • CLASSIC GUEST HOUSE
  • HIMALI BOARDING SCHOOL
  • AMIGOS TOURS & TREKS
  • BIG BAZAAR, RINK MALL
  • Download free book by D S Bomjan