02:27 AM
Wed, 22 May 2013

          The  News Portal of Gorkhaland  


Hits: 698
User Rating: / 2
PoorBest 

श्यामल सेन कमिटीको रिपोर्ट राम्रो नहुनुमा गोर्खा जनमिुक्त मोर्चाबाट हाई पावर कमिटीमा सामेल भएका चार सदस्यहरू पनि उत्तिकै दायी रहेको ठहर गर्दै मोर्चा अध्यक्ष विमल गुरूङले असन्तुष्टी जाहेर गरेका छन्‌। तराई-डुवर्सको केवल 5 वटा मौजा मात्रै जीटीएमा सामेल गर्न सकिने हाई पावर कमिटीको रिपोर्ट सार्वजनिक भएपछि उत्पन्न स्थिति माथि समीक्षा गर्न बसेको मोर्चा केन्द्रिय समितिको बैठकमा अध्यक्ष गुरूङले स्टडी फोरमको कार्यमाथि असन्तुष्टी प्रकट गरेका हुन्‌। बैठकमा सामेल भएका स्टडी फोरमका सदस्यहरू जो हाई पावर कमिटीमा पनि सामेल छन्‌- डुवर्सका एसएन प्रधान,कितापसिंह राई,सिलगड़ीका शंकर अधिकारी लगायत कालेबुङका एलबी परियारलाई उनीहरूको विद्वता र सो क्षेत्रमा उनीहरूको अनुभवलाई हेरेर हाई पावर कमिटीमा पठाए पनि उनीहरूले तराई-डुवर्सको अन्तर्भुक्तिको पक्षमा सही वकालत गर्न नसकेको भन्दै गुरूङलेे आरोप लगाए। अर्कोतिर यी चार प्रतिनिधिहरूको कार्यलाई लिएर डुर्वसका मोर्चा नेतृत्वहरूमा पनि व्यापक असन्तुष्टी देखिएको छ। गोजमुमो युवा मोर्चा अध्यक्ष रञ्जित थापाले भने -यदि हाई पावर कमिटीमा रहेका हाम्रा प्रतिनिधिहरूले समयमा नै सही जानकारी केन्द्रिय नेतृत्व र मीडियालाई दिएको भए यो नौबत आउने नै थिएन। यता हाई पावर कमिटीमा सामेल मोर्चा सदस्यहरू भने अहिले नै केही भनिहाल्ने स्थितिमा छैन। उनीहरू अनुसार कमिटीको कामबारे कुनै टिप्पणी गर्ने अनुमति उनीहरूसित नभएको बतॉंउछन्‌। राज्य सरकार भने यो रिपोर्ट सरकार र श्यामल सेनले मात्र नबनाएको तर मोर्चा पनि सामेल रहेकाले यसलाई स्वीकार गर्नुपर्ने कुरामा जो़ड़ दिइरहेको छन्‌।



पॉंच शहीद पॉंच मौजा?

श्यामल सेन कमिटीको हाई पावर ड्रामा पनि सकियो। करिब एक वर्ष लगाएर तराई डुवर्सको सम्बन्धमा केवल पॉंचवटा मौजा मात्र अन्तर्भुक्त गरिनुपर्ने रिपोर्ट बुझाएपछि पुनः एकपल्ट तराई डुवर्सवासी 86 मा झैं ठगिएको जानकारहरू बताउँछन्‌। एक मीडिया रिपोर्ट अनुसार हाई पावर कमिटीले केवल पॉंचवटा मौजाहरू सामसिङ, चिलाउने, गोल्माफारी, एमएम तराई,कराइबारी मात्र अन्तर्भुक्ति हुने रिपोर्ट बुझाएको छ। यदि यसो हो भने गोर्खा जनमुक्ति मोर्चाले गरेको अलग राज्यको आन्दोलनमा शहीद भएका पॉंच शहीदहरू विकी लामा, विमला राई, निता खवास, प्रमिला शर्मा, अकबर लामाको भागमा केवल एकएकवटा मौजा मात्र पर्ने निश्चित छ।

यसरी उनीहरूको त्याग र बलिदान त्यही पॉंचवटा मौजालाई लिएर सकिने स्पष्ट भएको राजनैतिक जानकारहरूको मन्तव्य छ। छुट्टै राज्यको मागमा आफ्नो प्राणको आहुती दिने यी पॉंच शहीदहरूको मूल्याङ्कन यी पॉंच मौजाले कसरी गर्ने हो ? त्यो नै अहिलेको मूल प्रश्न होभन्ने उनीहरू ठान्छन्‌। बंगालदेखि अलग प्रशासनिक व्यवस्थाको मागमा उर्लिएको जनसमूहलाई बंगालभित्रकै व्यवस्थाभित्र व्यवस्थित गर्ने जीटीए सम्झौता गरेर मोर्चाले यी पॉंच शहीदहरूको मात्र नभएर आन्दोलनमा होमिएका लाखौं गोर्खाल्याण्डप्रेमी जनताको आकांक्षालाई कसरी न्याय दिने हो़? यो पनि विचारयोग्य विषय हो। हाई पावर कमिटीलाई नै सर्वोपरी मान्छौं भनेर मोर्चा अनि राज्य दुवै पक्ष सहमतिमा आएपछि अब मोर्चाले हाई पावरको रिपोर्टको विरूद्धमा आन्दोलन गर्ला भनेर विश्वास गर्नु मूर्खता मात्र हुने पर्यवेक्षकहरू ठान्छन्‌। एकथरी पर्यवेक्षकहरू मौजा अन्तर्भुक्ति र हाई पावर कमिटीको सम्बन्धमा मोर्चालाई पहिलाबाटै सबैकुरा ज्ञात रहेको बताउँछन्‌। यसैले नै केही दिन अघि मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्रीले हाई पावर कमिटीको रिपोर्ट जस्तै आए पनि यसले जीटीए चुनाउलाई कुनै प्रभाव नपर्ने वयान दिइसकेको उनीहरूको भनाइ छ। शुरूमा सम्पूर्ण तराई डुवर्स त्यसपछि गोर्खा बाहुल अनि त्यसपछि हाई पावर कमिटीमा सर्दै गइरहेको मोर्चाको शर्त मौजा अन्तर्भुक्तिको सम्बन्धमा कहिले एक समान रहेन। तराई डुवर्स बिना जीटीए चुनाउ असम्भव भन्ने मोर्चा नेतृत्वहरूले हाई पावरको रिपोर्टलाई नै सर्वोपरी भन्यो। हाई पावरको रिपोर्ट नकारात्मक आउने संकेत पाएर नै मोर्चा प्रवक्ताले हाई पावर कमिटीको रिपोर्टले जीटीए चुनाउलाई नछेक्ने वयान दिएको राजनैतिक विशेषज्ञहरूको अनुमान छ। तराई डुवर्सको अन्तर्भुक्तिको सम्बन्धमा जोन बारलाले दिएको वयान पनि केही नभएर मूल मुद्दालाई ओझेलमा पार्ने राजनैतिक चाल मात्र रहेको पर्यवेक्षकहरू ठान्छन्‌।

अहिले आएर अचानक बारलाले अलग राज्यको आन्दोलन गर्ने भनेर जुन वयान दिइरहेका छन्‌। त्यो केवल हाई पावर कमिटीको रिपोर्टको नकारात्मक असरदेखि उम्किने राजनैतिक दुष्प्रयास मात्रै होभन्ने उनीहरूको भनाइ छ। हाई पावर कमिटीले केवल पॉंचवटा मौजा मात्र अन्तर्भुक्त हुने रिपोर्ट बुझाएको सम्बन्धमा प्रश्न गर्दा मोर्चा प्रवक्ता डा.हर्कबहादुर छेत्री केही भनिहाल्ने स्थितिमा देखिएनन्‌। आन्दोलन गर्ने या पॉंचवटा मौजालाई नै स्वीकारेर जीटीए चुनाउमा जाने भन्ने प्रश्नको सम्बन्धमा पनि उनको उत्तर अस्पष्ट नै देखियो। उनले भने- भोलि मोर्चा केन्द्रिय समितिको बैठक हुँदैछ। त्यो बैठकमा नै मौजा अन्तर्भुक्ति सम्बन्धमा चर्चा हुनेछऽ बैठकले कस्तो निर्णय गर्छ? त्यसपछि मात्र भावी रणनीति स्पष्ट हुन्छ। डा.छेत्री अनुसार अध्यक्षको आदेश नै सर्वोपरी हुनेछ। यसरी गान्धीवादको मन्त्र जपेर गोर्खा जातिको उन्मुक्तिको शंखघोष गर्ने मोर्चाको मानचित्र पनि तराई डुवर्सको केवल पॉंचवटा मौजाहरू सामसिङ, चिलाउने, गोल्माफारी, एमएम तराई,कराइबारी लिएर सीमित हुने प्रायः निश्चित देखिएपछि गोर्खाल्याण्डप्रेमी जनता र पॉंच शहीदहरूको सपनाले पनि यी पॉंचैवटा मौजामा नै बिट मार्नुपर्ने स्थिति अघि आएको छ।

Courtesy: Rongotimes

Comments  

 
0 #2 sarma 2012-06-14 11:58
GTA sign Garnay bela ma afulay garnay ,
Committe form Garnay Belama afulay garnay,

At last allegation chai Member tira Lagaunay.

Wah wah kay Gajab cha Dai.

Aba ta shanti Bhayo hola Ne Gurung dai.

I hope you are enjoying your success.
 
 
0 #1 ram joshi 2012-06-14 11:50
BG will alwz be Remembered,, what a Great Leader we had , wah wah wah . Amazing Gurung Dai.

GTA sign Garera Gorkhaland ko sapna Harayo

Aja Doars Terai Ka Daju Bhai Lai pani China Binna Parerai [censored]eu timlay.
 

You have no privilege to add comments. Registered users are only allowed to comment, please register, it is FREE and EASY. We are discouraging the pseudonym names, therefore, kindly give your proper name and valid email ID. Please remember your user name and password. We'll notify you via your email. Thank You

Sponsored Ads

Banner Ads

  • A book on Environment and Development of the Himalaya
  • Kalimpong Express News
  • Click here to DOWNLOAD GTA accord
  • CLASSIC GUEST HOUSE
  • HIMALI BOARDING SCHOOL
  • AMIGOS TOURS & TREKS
  • BIG BAZAAR, RINK MALL
  • Download free book by D S Bomjan