12:38 AM
Fri, 18 May 2012

News Portal of Gorkhaland 


Hits: 295
User Rating: / 2
PoorBest 

कालेबुङ 21 फरवरी। बङ्गालको मुख्यमन्त्री ममता व्यानर्जीले जीटीएको मुद्दालाई लिएर प्रधानमन्त्रीसित नभेटेसम्म गोजमुमोको आन्दोलन अन्योलमा पर्ने छ।

जीटीए ढिलाई गरेर पहाडमा मोर्चाको छबि बिगार्ने मात्र होइन फेरि आन्दोलन गर्न उठ्‌नै नसक्ने अवस्थामा मोर्चालाई पुर्‍याइने पो हो कि भन्ने भय पनि मोर्चाले बोक्न शुरु गरेको छ।
विधायक तथा मोर्चाका प्रवक्ता डा. हर्कबहादुर छेत्रीले यस्तो आशयको टिप्पणी दिएका छन्‌। तोकिएको समयमा जीटीए गठन नहुँदा मोर्चा चपेटमा परेको छ। यसैबीच छत्र सुब्बालाई अर्को नेता बनाएर पहाडमा उभ्याइएकोले पनि मोर्चा संकटमा छ। यस्तो अवस्थामा फेरि पनि मोर्चाले घोषणा गरेको आन्दोलन के हुन्छ त? यसै सम्बन्धमा प्रक्ता डा. छेत्रीसित बुझ्दा तिनले ममता व्यानर्जीको भेट प्रधानमन्त्रीसित नभएसम्म आन्दोलनले दिशा नभेट्‌ने बताएका छन्‌ ।

भेट सकरात्मक हुने आशा रहेको बताउँदै पनि जीटीए गठन नभए वा प्रधानमन्त्रीसितको भेट फलप्रद भए-नभए मात्र आन्दोलनले ठीक दिशा भेट्‌ने छेत्रीको विचार छ। यस्तैमा तिनले कतै मोर्चालाई जीटीए गठन ढिलो गरेर जनताको मनबाट मोर्चालाई झार्ने पो हो कि, आन्दोलन गर्नै नसक्ने अवस्थामा पो पुर्‍याउने हो कि भन्ने भय मोर्चामा रहेको पनि छेत्रीले बताएका छन्‌। यद्धपि जीटीए तोकिएको समयमा गठन नगर्नुमा केन्द्र सरकार नै प्रमुखरुपले दोषी रहेको तिनले ठोकुवा गरेका छन्‌।

केन्द्रलाई मनाउन नसक्नुमा राज्य सरकार असक्षम रहेकोले जीटीए गठनमा ढिलो हुनुमा राज्य सरकारको पनि आंशिक दोष रहेको छेत्रीको भनाइ छ। तिनले भने, हाल केन्द्र र राज्य सरकारको सम्बन्ध राम्रो छैन। यसै कारण केन्द्रले जीटीएलाई बङ्गाल सरकारलाई हिर्काउने लौरोको रुपमा प्रयोग गरिरहेको छ। केन्द्र-राज्यबीचको द्वन्द्वमा भने मोर्चा परेको छ। यता सरकार प्रयोजित जीटीएले मोर्चालाई यस्तो स्थितिमा पारेको छ, कि कुनै पनि स्थितिमा जीटीए गठन हुनै पर्छ। यदि जीटीए गठन भएन भने मोर्चाले फेरि पुरानो ताकतमा आन्दोलन गर्न सक्दैन। किन भने मोर्चाले विस्तारै जनविश्वास गुमाइसकेको छ। छेत्रीले भने, सरकार आफैले दिएको प्रस्तावलाई कार्यन्वयन गर्न यदि बारम्बार अनुरोध गर्नुपर्छ भनेे सरकारले आफ्नो अडान स्पष्ट पारोस्‌।

यदि सरकारले जीटीए कार्यन्वयन गर्नमा बारम्बार ढिलाई गर्छ भने मोर्चा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन गर्न तयार छ। गोजमुमोको आन्दोलनबाट सरकारलाई चिन्ता बढेको कारण नै जीटीए थोपेर थुम्थुमाएको डा. छेत्रीले बताए। तिनले थपे, यदि सरकार आफैले सम्झौतालाई उल्लङ्घन गरेर जनता पुन: आन्दोलन गर्न सडकमा ओर्लियोस भन्ने चाहना राख्छन्‌ भने मोर्चालाई कुनै आपत्ति छैन। सरकारले सम्झौता गरेको कुरालाई सही समयमा कार्यन्वयन गर्न नसकेको कारण अहिले दिनो दिन जनतामा आक्रोस बढिरहेको बताउँदै तनले भने, जब मोर्चाले जीटीए कार्यन्वय गर्नु भनि अल्टिमेटम दिन्छ तब मात्र हतार गर्दै दगुर्नु ठिक होइन।

तिनले अझ भने, जीटीए गठन नभए जनता सडकमा ओर्लिएर कुनै अशान्ति फैलिए त्यसको सम्पूर्ण जिम्मेवार सरकार नै हुने छ। मोर्चा प्रमुख बिमल गुरुङले सरकारलाई जीटीए लागु गर्नु भनि अल्टिमेटम दिएको कारणले नै अहिले सरकारले चासो देखाई रहेको बताउँदै बङ्गालका मुख्य मन्त्री ममता ब्यानर्जीले प्रधान मन्त्रीलाई भेट गरेर जुन प्रकारको कुरा हुन्छ त्यसैबाट मोर्चाले कस्तो रणनीति तयार पार्नु पर्ने हो भन्ने कुरा स्पष्ट हुने तिनले थप जानकारी गराएका छन्‌। यदि प्रधानमन्त्रीसित जीटीएबारेमा सकरात्मक कुरा भएन भने मोर्चाले आन्दोलन गर्ने भनेको छ। यसको निम्ति मुख्यमन्त्री-प्रधानमन्त्रीको संवादको प्रतीक्षा मोर्चाले गर्ने बताइएको छ।

यता सॉंच्चैमा जीटीए गठन नभएमा पहाडमा राजनैतिक कायापलटको स्पष्ट आधारभुमि निर्माण हुने कुरामा कुनै संदेह छैन। किन भने जीटीएको विरोध र छुट्टै राज्यको आन्दोलनको निम्ति पहाड आन्तरिकरुपले निक्कै नै तयार हुँदै गइरहेको छनक पाइएको छ।

Comments  

 
0 #1 ram joshi 2012-02-22 17:41
By signing GTA treaty GJM is caught in its own spider web. The real fight was of statehood. Before GTA was signed GJMM was getting full support and it was looking like we all Gorkhalis are moving in right direction but our support was misused and our leaders applied GTA for personal benefit. Even after Subhas Ghising betrayed us we common man were still united as one but this GTA is so horrible that after it was signed last year we could see that we got divided into peices within a year. so where is our real hero Bimal Gurung now?? Instead of fighting for statehood our heros are busy solving jhamela of GTA. so is not GTA a well played pocily of Bengal govt. So they have not only denied our right but has been successful in dividing us. so the 3 Musketiers are'nt good enough they will further divide us for giving false dream of gorkhaland. I am from shillong and My heart goes with BROS of darjeling. I ALWAYS PRAY GOD THAT GIVE US ONE SINCERE AND HONEST LEADER. Jai ma kali , Ayo Gorkhali.
 

You have no privilege to add comments. Registered users are only allowed to comment, please register, it is FREE and EASY. We are discouraging the pseudonym names, therefore, kindly give your proper name and valid email ID. Please remember your user name and password. We'll notify you via your email. Thank You

Sponsored Ads

Banner Ads

  • Click here to DOWNLOAD GTA accord
  • CLASSIC GUEST HOUSE
  • HIMALI BOARDING SCHOOL
  • AMIGOS TOURS & TREKS
  • BIG BAZAAR, RINK MALL
  • NOW SHOWING AT INOX DARJEELING
  • Download free book by D S Bomjan